निर्माता पुस्ता
हिमाल खबरपत्रिका (२-८ माघ, २०७३) बाट पिताजी कमलमणि दीक्षित आधुनिक नेपाल बनाउने पुस्ताका कनिष्ठ सदस्य मध्ये हुनुहुन्थ्यो। बीपी कोइराला, बालकृष्ण सम, नयराज पन्त र महेशचन्द्र रेग्मी जस्ता जाज्वल्यमान सदस्य समेटेको यो पुस्ता पुरानो र नयाँ नेपालबीचको सामाजिक सेतु हो। इतिहासकालदेखिको सुसंस्कृत निरन्तरता यो पुस्ताले बोकेको थियो भने पटना, बनारस र कलकत्तामा पढाइ गरेर ब्रिटिश साम्राज्यका …