नाकाबन्दीपछि पछि हटेका भारतीय जासुसी संयन्त्र फेरि सल्बलाउन थाले : कनकमणि दीक्षित (अन्तर्वार्ता)
नेपाल खबरबाट (मंसिर १८ ,२०७९) – जेवी पुन मगर ‘चुनावबाट उदाएका नयाँ शक्ति राष्ट्रिय मुद्दामा बोल्नेगरी अगाडि आउन्’ भैरहवादेखि विर्तामोडसम्मको तीन साता लामो चुनावी रिपोर्टिङका क्रममा मलाई सोचमग्न बनाउने केही अस्वाभाविक घटनामध्ये एक थियो–दक्षिण सिमानापारिका मान्छेहरू नेपालका उम्मेदवारलाई ‘हराउने–जिताउने’ दौडधुपमा लाग्नु। केही वर्षयता भारतको कर्मचारीतन्त्रले नेपालको आन्तरिक राजनीतिमा ‘माइक्रो म्यानेजमेन्ट’ गर्न छाडेको बताइए पनि निर्वाचन क्षेत्रमा …