पाटनढोकाबाट माछापुच्छ्रे
हिमाल खबरपत्रिका (२० जेठ, २०७१) बाट काठमाडौं उपत्यका र पूर्वी नेपालमा बादल लागेकोमा मध्य नेपाल घमैलो थियो बिहानको ८ बजे, र अन्नपूर्ण श्रृंखलामा सूर्यको लालीले छोएको थियो। अरू वेला बेलुकीको अस्ताउँदो घामको ‘ब्याक्लाइट’ मा आकार मात्र देखिने अन्नपूर्ण श्रृंखलाको चुचुरो त्यो वेला छुट्याउन सकिने भएको थियो। टेलेफोटोमा खिचेको तस्वीरलाई ठूलो पार्दा भने अलि धमिलो देखिएको …