राउत, चन्द र तपाईं–हामी
हिमाल खबरपत्रिका (३-९ चैत, २०७५) बाट सरकारको पहलकदमीको विरोध गर्दा राज्यलाई हानि गर्ने विचार/काम नहोस्। राजनीतिक अस्थिरताको मनोवैज्ञानिक चाहना बौद्धिक तप्कामा नराम्ररी टाँसिए जस्तो देखिन्छ। हालैका दुई महत्वपूर्ण राजनीतिक घटनाक्रमबाट यो प्रष्ट हुन्छ। केपी ओली सरकारले सीके राउतलाई पृथकतावादी ‘स्वतन्त्र मधेश’ आन्दोलन त्यागेर ‘अखण्ड, सार्वभौम नेपाल’ स्वीकार गर्ने ठाउँमा ल्यायो, लोकतान्त्रिक मार्गबाट आफ्ना माग पूरा …