उकालो लाग्दा

|
डाग हामरस्कल्डका चार हाइकू

हिमाल खबरपत्रिका (७ – १३ आश्विन, २०७५) बाट हामरस्कल्डले जनवरी १९६१ को ‘नेशनल जोग्राफिक’ पत्रिकामा ‘ए न्यू लूक एट एभरेष्ट’ शीर्षकको लेख छापे, जसमा आकाशबाट खिचेका सगरमाथा, अन्नपूर्ण, धवलागिरि लगायत हिमालका तस्वीर पहिलोपल्ट विश्वका हिमाल पारखीमाझ राखे । यसै साता प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दैछन् । यस सन्दर्भमा राष्ट्रसंघका दोस्रा र तेस्रा
Read More

|
गोमालाई बिजुली ट्रली

हिमाल खबरपत्रिका (३१ भाद्र – ६ आश्विन, २०७५) बाट समय मिलाउन सक्नुहुन्छ भने जानुहोला जोरपाटी, गोमा दुलाललाई भेट्न । पीडा, हिंसा वा बिचल्लीमा परेका नागरिकलाई राज्यले जबसम्म संविधानले दिएको जीवन, स्वास्थ्य र सामाजिक सुरक्षाको अधिकार पूरा गर्न सक्दैन, त्यो अभिभारा अन्य नागरिकको हुन जान्छ । पीडा त देशमा सर्वत्र छ, कुनै एक व्यक्तिको अवस्था उजागर गर्न खोज्दा
Read More

|
तमिलनाडुका नायक

हिमाल खबरपत्रिका (२४ – ३० भाद्र, २०७५) बाट विरोधाभासलाई छिचोल्दै करुणानिधिले दक्षिण भारत मात्र होइन दक्षिणएशियामै आफ्नो छाप छोडेर गए । भारतको राष्ट्रिय राजनीतिलाई उत्तरी भेक र विशेषगरी उत्तरप्रदेशले तान्ने गरेकोले नेपाली बौद्धिक वृत्तको चासो पनि त्यतै केन्द्रित हुने गर्छ । त्यसैले दक्षिण भारतका राजनीतिक ‘कोलसस्’ मुथुवेल कलाईनार करुणानिधिको निधनले यहाँ सानो छाल पनि उछालेन । करुणानिधिको ९४
Read More

|
पुरुषै पुरुष सम्पादक महोदय !

हिमाल खबरपत्रिका (१७-२३ भाद्र, २०७५) बाट तस्वीरले सम्पादकहरू पुरुष मात्र रहेको त प्रष्ट पार्‍यो । तर किन, र के हुँदैछ ?  ११ भदौमा प्रधानमन्त्री केपी ओलीले सञ्चारमाध्यमका सम्पादकहरूसँग गरेको भेटपछिको सामूहिक तस्वीरले स्वाभाविक रुपमा सामाजिक सञ्जाल ततायो । किनकि ती सबै सम्पादक पुरुष थिए । (तथ्य यो पनि हो, ती २० जना सम्पादकमध्ये १३ जना बाहुन पृष्ठभूमिका
Read More

|
सर्वोच्चको प्रश्नः विद्यालय कि बन्दीगृह ?

हिमाल खबरपत्रिका (१० – १६ भाद्र , २०७५) बाट धन्य ! सर्वोच्च अदालतको संयुक्त इजलासले सामुदायिक विद्यालयको जग्गा वरिपरि लक्ष्मणरेखा कोरेर मास्न नपाइने नजिर स्थापना गरिदिएको छ । भरतपुर नगरपालिका–१० मा रहेको चितवन उच्च माविले आफ्नो स्वामित्वको जग्गा बिक्री र करार गर्दै आएको वर्षौं भएको थियो । यसमा परेको मुद्दामा सर्वोच्च अदालतले ११ फागुन २०७३
Read More

|
को निप्पल, को बटन् !

हिमाल खबरपत्रिका (३ -९ भाद्र, २०७५) बाट डनल्ड ट्रम्पले नेपाल के हो, कहाँ छ भन्ने नजानेको खबर नियास्रो मान्नुपर्ने कारण होइन । अक्सर हामी संसारसामु नेपाल चर्चामा आएन भनेर चिन्ता गर्छौं । तर, के कुरा बिर्सन्छौं भने, ‘बोरिङ’ मुलुकमा नै शान्ति छाएको हुन्छ, जनता सन्तुष्ट हुन्छन् र समृद्धि पनि अक्सर प्राप्त भएको हुन्छ । राम्रो कामको लागि चिनिनु
Read More

नबनौं ‘द अग्ली नेपाली’

हिमाल खबरपत्रिका (२० -२६ साउन, २०७५) बाट नेपाली पोलिटी (राजनीतिक क्षेत्र र नागरिक समाज) ले आफ्नै खुट्टामा बन्चरो हान्न मन छ भने समुद्रपारहरूका मित्रहरूसित वैरभाव थाले हुन्छ । नेपाल जब राणाकालको अन्धकारबाट आधुनिक युगमा प्रवेश गर्‍यो २००७ सालमा, त्यतिबेला समाजको आधुनिकता अँगाल्ने क्षमता न्यून थियो। उपनिवेश रहेका मुलुकमा अनेकन् व्यवधानका अलावा आधुनिकता, बजार, राज्य संचालनका
Read More

सर्वत्र अनर्थ !

हिमाल खबरपत्रिका (१३-१९ साउन, २०७५) बाट आज हामीले सडक, राजमार्ग र हवाईमार्गमा दुःख पाउनुको कारण विगतमा कसैले गरेको गल्ती हो । नेपाल सरकारमा हर क्षेत्रमा विशेषज्ञ होलान्, नभए ज्यालादारी राख्न सकिन्छ । तर राज्य संचालन क्रममा क्षेत्र–क्षेत्रमा घरीघरीको आलस्य, गल्ती र मनपरी हेर्दा साधारण नागरिकको हैसियतमा पनि केही भन्न मन लाग्छ । सडक, हवाई यातायात र सार्वजनिक परिवहन
Read More

बाफिएर रोयो हिमाल

हिमाल खबरपत्रिका (६-१२ साउन, २०७५) बाट अन्यत्र भन्दा हाम्रोमा राज्य/सरकारसँगको सान्निध्यताले गर्दा राम्रो हुँदा नागरिक हौसिन्छन्, नराम्रो हुँदा विरक्तिन्छन् । राजेश केसी (‘फलानो’) ले गएको हप्ता सामाजिक सञ्जाल माध्यमबाट नारायणगोपालको स्वर रहेको ‘साउनको झरी बनी तिमी आऊ न’ बोलको गीत गाए । दीपक जंगमको शब्द र नारायणगोपालको गायन पहिल्यैदेखि मनपर्ने, त्यसमाथि यी शब्द– “बाफिएर आज
Read More

कान्तिपुरमा हलचल

हिमाल खबरपत्रिका (३० आषाढ -४ साउन, २०७५)बाट कान्तिपुर दैनिकका नयाँ सम्पादकले खुला समाज र स्वतन्त्र पत्रकारिताको पहरेदारी गर्ने नै छन् । कान्तिपुर प्रकाशन गृहका दुई सम्पादक सुधीर शर्मा (कान्तिपुर) र अखिलेश उपाध्याय (दी काठमाडौं पोष्ट) ले सामूहिक राजीनामा दिंदा राष्ट्रिय तवरमै हलचल ल्यायो– विशेषगरी सामाजिक सञ्जालमा । यो जनचासो नेपाली पत्रकारिता जगतको लागि शुभसंकेत हो
Read More