मानव उत्पत्तिसँगको साइनो
हिमाल खबरपत्रिका (२-८ चैत २०७०) बाट स्वीट्जरल्याण्डको बर्न् विश्वविद्यालयका प्राध्यापक जर्ज भ्यान् ड्रिम् एशियाको आनुवंशिकी, भाषा विज्ञान, पुरातत्व, वनस्पति, जलवायु, मानव विज्ञान र प्रागैतिहासका विशेषज्ञ हुन्। गत तीन दशकदेखि उनले हिमालय क्षेत्रको भाषाशास्त्रीय अध्ययन गरिरहेका छन्। उनले आफ्नो बुझाइको आधारमा नेपाली मध्यपहाड तथा मानव उत्पत्ति र बसाइँसराइको सम्बन्धबारे चाख लाग्दा कुरा नयाँदिल्लीको जामिया मिलिआ विश्वविद्यालयमा …