उकालो लाग्दा

|
‘नयाँदिल्ली रिसाउँछ’

हिमाल खबरपत्रिका (१८-२४ भदौ, २०७४) बाट भारत भ्रमणको सन्दर्भमा प्रम शेरबहादुर देउवालाई नेपालको जीर्ण राज्य संयन्त्रले साथ नदिएको देखियो। प्रधानमन्त्री शेरबहादुर देउवा नयाँदिल्लीको पत्रकार सम्मेलनमा संविधान संशोधनबारे बोलेको कुरालाई लिएर घरभित्रको कुरा बाहिर गरेको भनेर आलोचित भए, तर उनले केही वाह्वाहीका अभिव्यक्ति पनि दिएका थिए । एक समारोहमा मन्त्री रामविलास पासवान चीनविरुद्ध बम्की बम्की बोले,
Read More

|
नेपालमण्डलको 'सबाल्टर्न' मुटु

हिमाल खबरपत्रिका (११-१७ भदौ, २०७४) बाट एक–एक पाठकले आफूभित्र नियाल्न जरुरी छ, किन काष्ठमण्डपतर्फ ध्यान गएन ? काष्ठमण्डप भत्कियो, भूकम्पबाट । अढाइ वर्ष भइसक्यो, पुनःनिर्माण अड्किएको छ । यो राष्ट्रिय लज्जाको विषय हो । उत्तिकै लज्जास्पद विषय हो, चर्चाको विषय नबन्नु यो ढिलाइ । मिडियाले नउठाए पनि स्वस्फूर्त जनचासो बन्नुपर्ने हो काष्ठमण्डप पुनःनिर्माण, तर हामी
Read More

|
दोरम्बा दिवस

हिमाल खबरपत्रिका (४-१० भदौ, २०७४) बाट रामेछापको दोरम्बामा २०६० मा सेनाद्वारा भएको नरसंहारलाई माओवादी स्वयं बिर्सन चाहन्छ, किन? बेलाबखत नेपालका बीभत्स द्वन्द्वकालीन घटनाहरूबारे सम्झनुपर्दछ, आफूले आफैंलाई चिमोटेजस्तो गरी। किनकि न्याय र मेलमिलाप दुवैको मागलाई धरापमा पारिएको छ। नेपाल सेना तथा माओवादीमाझ धेरै ज्यादतीकर्ता छैनन्। अपहरण, यातना, हत्या र बलात्कार गर्ने सुरक्षाकर्मी वा माओवादीको संख्या न्यून
Read More

|
त्यो फ्लेक्स्, यो मेताफर!

हिमाल खबरपत्रिका (२९ साउन-३ भदौ, २०७४) बाट एउटा तुलले पनि मुलुकको गरिमा बोकेको हुन्छ । तीन हप्ता अगाडि प्रम कार्यालयको भेटघाट कक्षमा टाँगिएको सगरमाथाको तस्वीरबारे चर्चा गर्न बाध्य भइयो, र ट्वीटरमार्फत @hello_sarkar लाई समेत गुहारियो । त्यो तस्वीर चीन–तिब्बत मोहडाको थियो, अर्थात् नेपाली भूभाग बाहिरको । पर्यटन विभागले सच्याएको कुरा पनि @hello_sarkar बाट थाहा भयो
Read More

झरी माहात्म्य

हिमाल खबरपत्रिका (२२-२८ साउन, २०७४) बाट प्रकृतिको नियम, ओरालोमा पानी बग्छ र ध्यान पुर्‍याइएन भने खतरा निम्तिन्छ। झम् झम् पानी पर्‍यो असारको रात बारीबाट बज्न लागे मकैका पात… माधव घिमिरेको यो गीतले सानैदेखि बर्खा र झरीलाई मोहक बनाइदिएको हो। यसैकारण विदेशमा रहँदा पनि त्यहाँको टेलिभिजन प्रस्तोताले घमाइलो दिनलाई राम्रो मौसम र बादल लागेको (धुम्मिएको) लाई
Read More

कतारको खतराको संकेत

हिमाल खबरपत्रिका (१५-२१ साउन, २०७४) बाट जेट एअरवेजको दिल्ली–काठमाडौं उडानमा मेरा सहयात्री हुन पुगे, सुनसरी श्रीपुर जब्दी गाउँका पण्डित थर, कुम्हार समुदायका युवक । जो कतारबाट दिल्लीहुँदै नेपाल फर्कंदै थिए । बातचितको क्रममा उनले भने, “२०६५ सालको बाढले कोशीको पूर्वी तटबन्ध भत्काएर गाउँमा तवाही गर्‍यो, धानखेतमा ५/७ फिट बालु भयो । उब्जनीले परिवार धान्न सकिएन अनि गाउँका अरुहरूसँगै म
Read More

सगरमाथाको भागबण्डा

हिमाल खबरपत्रिका (८-१४ साउन, २०७४) बाट सर्वोच्च शिखरको सीमांकन सम्झौता झण्डै ६० वर्षअघि भएको हो– आधा आधी गरी । कतारका राजदूतले ४ साउनमा सिंहदरबारस्थित कार्यकक्षमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको तस्वीरभित्र भित्तामा अर्को ठूलो तस्वीर देखिन्छ, सगरमाथाको (अर्थात् चोमोलोङ्मा या एभरेष्ट) । त्यो नेपालपट्टिको नभई सगरमाथाको उत्तरी मोहडा (अर्थात् तिब्बत–चीन भू–भागमा पर्ने) को तस्वीर थियो । सरकारप्रमुखको अफिसमा यतातर्फको
Read More

'नेपाल खादलको वंशावली'

हिमाल खबरपत्रिका (१-७ साउन, २०७४) बाट काठमाडौं उपत्यकाको भौगर्भिक इतिहास र वंशावलीहरूमा लेखिएको अलौकिक वर्णन बेग्लाबेग्लै कोण र धारबाट बगेका छन्, तर ती एकैठाउँमा आएर टुंगिन्छन्; मानव बसोबास। भूगर्भले भन्छ– ‘नेपाल खाल्डो’ पहिला ठूलो ताल थियो, पूरै २५०० किलोमिटरको हिमालय पर्वत श्रृंखलामा अन्यत्र नपाइने कचौरा आकारको उपत्यकामा अवस्थित। लाखौं वर्षको कटानका क्रममा पानी विस्तारै बाहिरिंदै
Read More

राष्ट्र ध्वजावाहकसँग

हिमाल खबरपत्रिका (२५-३१ असार, २०७४) बाट आक्रोशबाट अपनत्वको बाटोमा हिंडेको रहेछ राष्ट्र झण्डा । पहिलो लोकतन्त्र दिवस ११ वैशाख, २०६४। माओवादी वेगका साथ खुला राजनीतिमा आएको बेला गणतन्त्रमा लोकतान्त्रिक, जनताप्रेमी छाप लागोस् भनेर केही अभियन्ता मिलेर बसन्तपुर डबलीमा ठूलो सभा आयोजना गर्‍यौं। सुशील प्याकुरेल, दीपेन्द्र झा, यज्ञ थापासहितको हाम्रो टोलीलाई ट्रेड युनियन र विद्यार्थी युनियनहरूको
Read More

राष्ट्रगानको अपनत्व

हिमाल खबरपत्रिका (१८-२४ असार, २०७४) बाट राष्ट्रगानलाई किन एउटै रिकर्डिङमा सीमित राख्ने र किन विभिन्न राष्ट्रिय भाषामा उल्था गरेर नगाउने? ‘सयौं थुँगा फूलका हामी…’ राष्ट्रगान गाउँदा जुन भावनाले मन तरंगित हुन्छ, त्यो नेपालको नागरिक हुनुको विशेष सहुलियत हो। व्याकुल माइलाको शब्द र अम्बर गुरुङको संगीतले यसलाई जनताको धुन बनाइदिएको छ, जसमा भरपूर आफ्नोपन र आत्मीयता
Read More