उकालो लाग्दा

|
जयपुरको 'सफ्ट पावर'

हिमाल खबरपत्रिका (१६-२२ माघ, २०७३) बाट जयपुर लिटरेचर फेस्टिभल (जेएलएफ) लाई साहित्य र प्रकाशनको महाकुम्भ भन्न मिल्छ । पाँच–पाँच दिनसम्म चल्ने, संसारका जल्दाबल्दा समसामयिक विषयहरूदेखि भारतको बौद्धिक वृत्तले केलाइरहेका अनेकन् मुद्दाहरूमा यहाँ पाँच वटा प्यारलेल भेन्यूमा ‘डिग्गी प्यालेस’ दरबार परिसरभित्र बहस चल्यो । हुन त ‘जेएलएफ’ को आलोचना गर्ने ठाउँ नभएको होइन– यो ज्यादै ठूलो
Read More

|

हिमाल खबरपत्रिका (२-८ माघ, २०७३) बाट पिताजी कमलमणि दीक्षित आधुनिक नेपाल बनाउने पुस्ताका कनिष्ठ सदस्य मध्ये हुनुहुन्थ्यो। बीपी कोइराला, बालकृष्ण सम, नयराज पन्त र महेशचन्द्र रेग्मी जस्ता जाज्वल्यमान सदस्य समेटेको यो पुस्ता पुरानो र नयाँ नेपालबीचको सामाजिक सेतु हो। इतिहासकालदेखिको सुसंस्कृत निरन्तरता यो पुस्ताले बोकेको थियो भने पटना, बनारस र कलकत्तामा पढाइ गरेर ब्रिटिश साम्राज्यका
Read More

|

हिमाल खबरपत्रिका (१६ मंसिर, २०७०) बाट सार्वभौम जनताले मतपेटिकाद्वारा बोलिसकेका छन्, यसबारे कुनै मोलतोल या ‘वार्ता’ हुन सक्दैन। अस्वस्थ योजना र गलत तरीकाबाट बनेको खिलराज रेग्मीको सरकार सर्वाङ्गीण रूपमा स्वस्थ निर्वाचन गराउन सफल भएको छ। गल्ती कोट्याउने हो भने धेरै छन्। बाबुराम भट्टराईको प्रधानमन्त्री कुर्सीमा बलजफ्ती टिकाउ विरुद्धको आन्दोलनको हावा चल्न थाल्दा पुष्पकमल दाहालले प्रधान
Read More

|

हिमाल खबरपत्रिका (३ कार्तिक, २०७०) बाट न अध्यात्ममा विश्वास गर्छु म, न ‘रिलिजन’ अर्थ लाग्ने आजभोलिको धर्ममा, जबकि आस्थावान सबैको स्वभावतः कदर गर्छु नै । धेरैले खुशी खोज्दछन् अलौकिक शक्तिको आशा, पहिचान या ‘निकटस्थता’ मा तर ‘नन–बिलिभर’ को लागि त्यो बाटो बन्दछ । ‘¥याशनलिजम्’ ले कतै छहारी दिंदैन, न मन्दिरमा, न ध्यान केन्द्र, प्रवचन वा
Read More

|

हिमाल खबरपत्रिका (१६-३० फाल्गुन २०६८) बाट एभरेष्ट होटलमा बोल्दै अरुणा राय साथमा निखिल डे। हामी विभिन्न तरिकाले समाजमा सहभागिता जनाउँछौं; एनजिओ, सरकारी संयन्त्र, सहकारी संस्था, राजनीतिक दल अथवा निजी व्यवसायमार्फत। राजस्थानमा भने गत दुई दशकयता एउटा यस्तो सशक्त आम नागरिकको अभियानले काम गरिरहेछ, जो गैरदलीय राजनीतिद्वारा सामाजिक रुपान्तरणको कोशिशमा छ। शङ्कर सिंह, निखिल डे, अरुणा
Read More

|

स्व. लैनसिंह वाङ्देल सन् १९६० को दशकमा काठमाडौँका बहाः, बही, टोल, गल्ली र चौर-मैदानबाट मूर्ति चोरी हुन थाल्यो। हाम्रा उमामहेश्वर, बुद्ध भगवान्, तारा, भैरव स्थानीय फटाहाले चोर्‍यो र दलाललाई बुझायो, अनि दलालले अन्तर्राष्ट्रिय आर्ट डिलरलाई बेच्यो। अनि मूर्तिहरू पुगे समुद्रपार, या धनाढ्यका प्राइभेट कलेक्सन सजाउन या त ठूला ठूला कला सङ्ग्रहालयको एसियन कक्षको एग्जिबिट बन्न।
Read More

|

हिमाल खबरपत्रिका (१६-२९ माघ, २०६८) बाट हाम्रो मुलुकमा द्वन्द्व भयो, काटमार भयो तर; अन्य मुलुकमा जस्तो द्वन्द्वपश्चात्को आर्थिक अग्रगमन भएन। बन्दुकको लडाईं अन्त्य भयो; तर विकास निर्माणले गति लिन सकेन, शान्ति छाएन। दुवैतर्फका पीडितका आँसु पुछिएन। राष्ट्रव्यापी रूपमा मानवीय तथा भौतिक संरचनाको पुनर्स्थापना र पुनर्निर्माण हुनुपर्नेमा त्यस्तो केही भएन। शान्ति प्रक्रिया टुङ्गिएको छैन तर संविधान
Read More

|

हिमाल खबरपत्रिका (१६-२९ मंसिर, २०६८)बाट नेपालमा आन्तरिक पर्यटन फस्टाएको छ भने समुद्रपार जान पैसा र भिसाको चुनौती छ। नेपालीलाई दक्षिण एसियामा पनि घुमघामको ठूलो सम्भावना छ। यहाँ कार, बस, रेलगाडीको यात्रा गर्दै पुग्न सकिने अनेकन रोमाञ्चक सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक थलो छन्। भारतीयलाई लगभग असम्भव पाकिस्तान भ्रमण समेत नेपाली भएका कारण हामीलाई सहज छ। तर
Read More

हिमाल खबरपत्रिका (१६-३१ बैशाख) बाट खुला समाजमा अवतरण भएर नेपाली जनता तथा अन्तर्राष्ट्रिय जगतको त्यत्रो सदासयता प्राप्त गर्दा पनि एनेकपा (माओवादी)ले आफ्नो सौभाग्य बुझन सकेन । क्याडरहरूलाई झुक्याउँदै र नागरिकहरूलाई तर्साउदै छलकपट र दुर्इज्रिब्रे बोलीद्वारा अगाडि बढ्न सकिन्छ भन्ने ठान्यो । नागरिक समाजलाई भुल्याउन ऊ सालाखाला सफल भयो । र, युद्धशास्त्रको नियम अनुसार कहिले राष्ट्रपति,
Read More

|

हिमाल खबरपत्रिका (१-१५ असोज २०६७) बाट दोषी नठहरिएसम्म बेकसुर मानिने सभ्य समाज तथा कानुनी राज्यको सिद्धान्तलाई लत्याउँदै ३ जेठ २०५० को दासढुङ्गा दुर्घटनामा मदन भण्डारी र जीवराज आश्रतिको निधन भएपछि नेकपा (एमाले)को नेतृत्वपङ्क्ति नेताद्वयको हत्यामा संलग्न भनेर जीप चालक अमर लामाको चरित्रहत्यामा उत्रिएको थियो । अदालतबाट कसुर भोगिसकेका र आफू निर्दोष भएको सशक्त वकालत गर्दै
Read More