एक परोपकारी, तीन मूर्ति
हिमाल खबरपत्रिका (९-१५ वैशाख, २०७४) बाट भारतबाट नेपाल उक्लेकी रानी जगदम्बाको ललितपुरमा यत्तिका मूर्ति कसरी ठड्याइन पुगे ? ललितपुरको पुल्चोकमा एक किलोमिटरको घेराभित्र एक महिलाका तीन–तीन वटा मूर्ति फेला पर्दछन् । शायद नेपालमा यस्तो अन्यत्र कतै भएको छैन । यी अर्ध कदका तीनवटै मूर्ति रानी जगदम्बाकुमारी देवी राणाका हुन् । रानी जगदम्बा लखनऊ नजिकैको एउटा रजौटा खानदानकी विदुषी …