उकालो लाग्दा

बाँदरमुढे नरसंहारको १५ वर्षः पीडक सत्तामा, पीडित अझै शोकमा

हिमाल खबरपत्रिका (२३ जेठ, २०७७) बाट १५ वर्षअघि २०६२ साल आजकै दिन २३ जेठमा तत्कालीन नेकपा (माओवादी)को विद्युतीय धरापबाट चितवनको कल्याणपुर गाविसस्थित कल्याणपुर र वसन्तपुर बजारबीच बाँदरमुढे खोलामा सार्वजनिक बसमा सवार ३९ जनाको ज्यान गएको थियो । घटनाको तीनवर्षपछि र त्यसपश्चात पनि माओवादीको नेतृत्वमा तीनपटक सरकार बन्यो । दुईपटक पुष्पकमल दाहाल र एकपटक बाबुराम भट्टराई
Read More

कसले मार्‍याे राजा वीरेन्द्रलाई ?

हिमाल खबरपत्रिका (१९ जेठ, २०७७) बाट नारायणहिटी हत्याकाण्डको हकमा लोकतान्त्रिक गणतन्त्र नेपालमा फेरि पनि एउटा औपचारिक अनुुसन्धान र खोजी जरूरी छ, जसले नारायणहिटीको भूतबाट हामीलाई राम्ररी छुटकारा दिलाओस् र जनताले पनि तथ्यपरक बुझाइको आधारमा यो काण्डलाई आफ्नो मनबाट पन्छाउन सकून् । १९ जेठ २०५८ रातको पहिलो प्रहर बादलले काठमाडौं उपत्यका ढपक्कै ढाकेको थियो । एउटा
Read More

एउटा ‘रेनेसान्स्’ व्यक्तित्व सत्यमोहन जोशी

हिमाल खबरपत्रिका (३० वैशाख, २०७७) बाट आज (३० वैशाख) सत्यमाेहन जाेशीकाे १०१ औं जन्माेत्सवकाे अवसरमा शिक्षक मासिकमा कात्तिक, २०६९ मा छापिएकाे कनकमणि दीक्षितकाे ”जीवन र सिकाइ’ लेख साभार गरी प्रकाशित गरेका छाैं । – सं. तर्क, तथ्य, मानवीयता तथा लोकतान्त्रिक आस्था बोकेका व्यक्तिलाई ‘रेनेसान्स् म्यान’ (पुनर्जागरणका सूत्रधार व्यक्तित्व) भन्ने गरिन्छ । बहुआयामिक, सिर्जनशीलता बोकेका व्यक्तिलाई ‘पोलिम्याथ’ पनि
Read More

हरित उपत्यका महात्म्य

हिमाल खबरपत्रिका (२७ वैशाख, २०७७) बाट  सिमेन्ट संरचना र कंक्रिट सोचले उपत्यकाको हरियाली त मासिसक्यौं तर शहरभित्र र वरिपरिका बचेका जङ्गलहरूलाई संरक्षण गर्ने हो भने आज पनि हराभराको सपना साकार पार्न सक्छौं । जतिवेला यो नेपालमण्डलको विशाल ताल कटुवाल दहको घाँटीबाट पानी रित्तियो, यहाँ घना जङ्गल स्थापित हुनपुग्यो । पछि फिरन्ते जङ्गलवासी आए, जङ्गल फडानी
Read More

नागरिक सर्वेक्षण: कसरी सरकारको कामबाट ७१.४ प्रतिशत सन्तुष्ट ?

हिमाल खबरपत्रिका (३० चैत, २०७६- ६ वैशाख, २०७७) बाट संकटको बेला नेपालीहरु नबहकीकन धारणा बनाउँदा रहेछन्, र पाएको सूचनाको भरमा आफै ‘विचार निर्माणकर्ता’ बन्दा रहेछन्। कोरोनाभाइरसको महामारीबारे जनमानसको ‘धारणा, बुझाइ र अभ्यास’ बुझ्न ‘शेयरकाष्ट’ नामक संस्थाले १११० जनाको भूगोल/समुदाय गरीकन प्रतिनिधिमूलक नागरिक सर्वेक्षण गर्‌यो, चैत २२–२४ मा । र, २६ चैत बुधबार त्यसको नतिजा सार्वजनिक
Read More

घरैमा बस्नुस्, इतिहास रङ्गाउनुस् ! (१७ ऐतिहासिक तस्वीरसहित)

हिमाल खबरपत्रिका (२३-२९ चैत, २०७६) बाट बन्दाबन्दीमा घरैमा बसेर गर्न सकिने सजिलो काम – पुराना एल्बम् पल्टाउने, छानिछानी तस्वीरहरुमा डिजिटल रङ्ग भर्ने अनि विगतलाई वर्तमानसँग जोड्ने। बन्दाबन्दीको समय पार लाउन हरेकले आ-आफ्नै बाटो रोजेका छन्। ग्राफिक डिजाइनर भूषण शिल्पकारलाई एउटा मौलिक काममा हात हाल्न मन लाग्यो, त्यो थियो परिवारका पुराना फोटो एल्बममा रहेका श्यामश्वेत तस्वीर
Read More

‘स्मार्ट सिटी’ कि ‘स्टुपिड सिटी’ ?

हिमाल खबरपत्रिका (१६-२२ चैत, २०७६) बाट बन्दाबन्दीको सडकमा हुइँकिंदा — आजको व्याप्त ‘सडक सोच’ बदल्ने हो भने मात्र हामी उपत्यकालाई बसोबासलायक सुझबुझको शहर बनाउन सक्छौं । मोटर हुइँकिरहेछ रित्तो सडकमा । लगनखेल, बागमती पुल, थापाथली हुँदै माइतीघर मण्डल, सिंहदरबार अघिल्तिर पहरा दिइरहेका पृथ्वीनारायण शाह छेउ हुँदै डिल्लीबजार, नक्साल अनि धुम्बाराही । जम्माजम्मी ९ मिनेट ।
Read More

न्याय मागिरहेछ नन्दप्रसाद अधिकारीको आत्मा

हिमाल खबरपत्रिका (९-१५ चैत, २०७६) बाट शिक्षण अस्पतालको ‘बडी ब्याग’ मा रहेको नन्दप्रसाद अधिकारीको शवले सद्गत मागिरहेको छ तर त्योभन्दा पहिले उनको आत्मालाई न्याय चाहिएको छ । शिक्षक मासिकको सह–प्रकाशन नीति–विमर्श को चैत २०७६ अड्ढको आवरणमा मन दुख्ने तस्वीर छापियो । एउटा ‘बडी ब्याग’ छ, जसभित्र छ पाँच वर्षअघि आमरण अनशनबीच ज्यान गुमाएका नन्दप्रसाद अधिकारीको शव ।
Read More

‘वागमती इच्छापत्र’

हिमाल खबरपत्रिका (२-८ चैत, २०७६) बाट वि.सं. २०५१ को हिउँद । वागमती दुर्गन्धित हुँदै थिइन् । अव्यवस्थित शहरीकरणको ढल सोझै नदीमा ‘चढाउने’ प्रवृत्ति नसच्चिने जस्तो गरी अगाडि बढेको थियो । सुक्खायाममा नदी प्रवाहको करीब ६०–७० प्रतिशत त ढल मात्र बग्ने अनुमान थियो । यस्तोमा केही चिन्ताग्रस्त नागरिक थापाथलीको कालमोचन मन्दिर नजिक वागमती किनारमा जम्मा भए, र एउटा बाल्टीमा नदीमा
Read More

बाइरोडको बाटोमा. . .

हिमाल खबरपत्रिका (२५ फागुन – १ चैत, २०७६) बाट बुवा कमलमणि दीक्षितको पुस्ताले सम्झने ­बाल्यकालको बाटो चित्लाङ–कुलेखानी–भीमफेदीको ऐतिहासिक पदमार्ग हो । मेरो पुस्ताको बाल्यकालको सम्झने भनेको ‘बाइरोडको बाटो’, अर्थात् त्रिभुवन राजपथ । राजमार्ग र लोकमार्ग, फास्ट ट्र्याक र सुमोमार्ग, मध्यपहाडी र डोजर–सडक — जताततै सडक र बाटा बन्दै गरेको आजको हाम्रो मुलुकमा पहिलो हाइवे थियो —
Read More