शान्तिबिना हुँदैन ‘क्रान्ति’
नागरिक दैनिक (23 August 2011) बाट आजको प्राथमिकता सरकार निर्माण होइन। साँच्चै भन्नुपर्दा संविधानलेखन पनि होइन। आजको एकमात्र माग शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याउनु हो। आमनागरिकले चाहेको हो, मुलुकमा दुइटा ‘सेना’ नहोऊन्, त्यसनिम्ति पूर्वलडाकुहरूको व्यवस्थापन र शिविरहरूको खारेजी होस्। यति भयो भने तपाईँ-हामीलाई थाहा छ, लोकतान्त्रिक संविधान लेखिनेछ अनि संसदीय चुनावको लागि काम हुन सक्छ। …