बेलायती बैठकमा शताब्दीअघिको सन्धिको सम्झना
हिमाल खबरपत्रिका (पुस ६, २०८०) बाट १०० वर्षअघि २१ डिसेम्बर १९२३ मा नेपाल-बेलायतबीच सन्धिमा हस्ताक्षर भएको स्मरणमा परराष्ट्र मन्त्रालयले बिहीबार सिंहदरबारको बेलायती बैठक (‘स्टेट हल’) मा कार्यक्रम आयोजना गर्यो। एक शताब्दीअघि सन्धि भएकै सभाकक्षमा त्यस वेला बेलायती राजदूत डब्लूएफटी ओकनर र चन्द्रशमशेर जबरा लगभग बसेकै ठाउँमा बेलायती राजदूत रब पेन र परराष्ट्रमन्त्री एनपी साउद बसेका …