‘स्थानीय तह’ होइन, ‘स्थानीय सरकार’
हिमाल खबरपत्रिका (१४-२० जेठ, २०७४) बाट स्थानीय निर्वाचन एकैचोटि हुनुपर्ने थियो, दुईचोटि गरियो। यो नराम्रो भयो, तर राम्रो के भयो भने ३४ जिल्लामा निर्वाचन भएका कारण बाँकी ४१ मा गर्नुपर्ने भयो। जसरी प्रान्त र संसदीय निर्वाचन गर्न संविधानतः पहिला स्थानीय निर्वाचन अनिवार्य पूर्वशर्तका कारण २०–२० वर्षपछि स्वनामधन्य शीर्षस्थज्यूहरू स्थानीय निर्वाचन गराउन बाध्य हुनुभयो, त्यस्तै ३४ …