क्षेत्रीय विकास: अब बीसीआईएन
हिमाल खबरपत्रिका (९ -१५ जेठ, २०७३) बाट एशियाको नक्शामा बाङ्लादेश, तिब्बत/चीन, भारत र नेपाललाई जोड्ने रेखाहरूले क्रमशः आकार लिइरहेका छन्। पछिल्लो समयको अन्तर्राष्ट्रिय कूटनीति र ‘ट्र्याक टु’ कूटनीतिले दक्षिणपूर्वी एशियाको संरचनागत ‘कनेक्टिभिटी’ को लक्ष्यलाई वास्तविकता बनाउने सम्भावना बढाएको छ। नेपाललगायत दक्षिण एशियाको उत्तरपूर्वी हिस्सालाई यातायात, ऊर्जा ग्रीड र अवरोधरहित व्यापारबाट जोड्ने बिमस्टेक (बे अफ बंगाल …