नेपाल निर्माणको घडी
नागरिक दैनिक (फागुन ०८, २०७२) बाट आदिकालदेखि नै नेपालवासीको समय–चिन्तन प्राकृतिक विपत् वा अन्य ठूला घटनासँग गाँसिँदै आयो। आधुनिक क्यालेन्डरको आगमनपूर्व पुर्खाले महाभूकम्प, राज्यारोहण वा कोत पर्व जस्तो घटनालाई लिएर त्यसको ‘अघि’ र ‘पछि’ को समय छुट्याए। भारतले लगाएको पाँचमहिने आर्थिक नाकाबन्दी एक छिमेकले अर्को माथि गर्ने ठूलो हस्तक्षेप थियो; जसले अर्थतन्त्र, विकास–निर्माणदेखि पुनर्निर्माण, अन्तरसामुदायिक …