नासोको सुरक्षा
हिमाल खबरपत्रिका (१४ मंसीर, २०७१) बाट लुम्बिनीलगायत सम्पूर्ण कपिलवस्तु–नवलपरासी बौद्ध भूमि रक्षाका लागि नेपालीले पहिले त यस स्थलको ऐतिहासिकता बुझ्नुपर्यो, अनि शाक्यमुनि बुद्धको सन्देश मनन् गर्नुपर्यो। लुम्बिनी परिसर विश्व सम्पदा भन्नुको अर्थ यो नेपाल र नेपालीको मात्र नभई पूरै पृथ्वीवासीको सम्पत्ति हो। नेपालले नासोको रूपमा पाएको लुम्बिनीलाई बजारीकरण, राष्ट्रवादीकरण तथा सामाजिक र वातावरणीय अतिक्रमणबाट बचाउनु …