निर्वाचन र अपहेलित जन
कान्तिपुर दैनिक (१७ बैशाख, २०७०) तयारीबिनाको चुनावले समाजलाई अझै ध्रुवीकरणमा फसाउन सक्छ भने लोकतन्त्रलाई कमजोर पार्छ । ‘जसोतसो’ चुनाव गर्नु हुँदैन । नेपाली जनताको अपहेलनासहित निर्वाचन रचिँदैछ, मुख्यतः खिलराज रेग्मीको सरकार स्वतन्त्र नभई चार शक्तिको संयन्त्रको समर्पणबाट मुक्त हुन नसकेका कारण । संयन्त्रको नेतृत्व एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको छ र उनको एजेन्डाको मतियार बनेका सुशील कोइराला …