पोस्टमार्टम: अपरेसन खिलराज
कान्तिपुर दैनिक (१४ फागुन, २०६९) बाट कसले हान्यो कुन्नि, एउटै झटारोले तीनतिर चोट पुर्याएको छ, गणतन्त्रका प्रथम राष्ट्रपति, कानुनीराजको पहरेदार न्यायालय, तथा आन्दोलनद्वारा मुलुकलाई लोकतन्त्रको लिकमा फिर्ता ल्याउने विपक्षी दलहरूको अभियान । यस्तो रह्यो, बहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको प्रमुख बनाउने खेल । रेग्मीको नामको प्रस्ताव यति गिजोलिन पुग्यो कि सरकार प्रमुख भए पनि प्रभावकारी काम …