राजनीतिक मनोरञ्जनको तलतल
हिमाल खबरपत्रिका (१–१५ असार २०६७) बाट भूलभूलैयामा हराउने हो भने एक–दुई महिनाभित्र शान्तिप्रक्रिया टुङ्गिन्छ र संविधान एक वर्षभित्रै लेखिन्छ भन्ने ठानौं, र सदनमा बहुमतप्राप्त प्रधानमन्त्रीलाई बालुवाटार त्याग्न लगाएर रमाऔं । आफ्नो राजनीतिक वर्चस्व जोगाउन जसरी पनि माधवकुमार नेपालको सरकार ढाल्न तल्लीन पुष्पकमल दाहाललाई लडाकू व्यवस्थापन र लोकतान्त्रिक संविधान निर्माणका शर्तमा बाँध्न सकिन्थ्यो, तर उपत्यकाको व्यावसायिक वृत्त, …