वास्तविक छलाङ भनेको यो हो
हिमाल खबरपत्रिका (१६–३१ वैशाख २०६३) बाट मैले बुझेको ऐतिहासिक जनआन्दोलन २०६२–०६३ को उपलब्धि भनेको शान्तिपूर्ण परिवर्तनमा विश्वास राख्ने, बन्दूकको भरोसा नलिने राजनीतिक दलहरू तथा नागरिक समाजको जीत हो । साथै, बन्दूक बिसाउँदै खुला प्रतिस्पर्धामा आउन चाहने माओवादीको सङ्केत । शायद विश्वमा कतै पनि देशव्यापी रूपमा दशौँ लाख सहभागिता भएको आन्दोलन यतिको शान्तिपूर्ण भएको छैन र …