‘च्याकुल्झ्याइँ’ विरुद्ध अभियान

हिमाल खबरपत्रिका (१५-२१ मंसिर , २०७६) बाट रूख, कान्ला, भीर, भर्याङ्ग वा छतबाट जब कोही खस्दछ, लड्दछ, ऐया ऐया भन्दै, उठ्न सकिरहेको हुँदैन… त्यो वेला हामी के गर्छौं त ? अक्सर बिरामीलाई हत्तपत्त उठाउनतर्फ लाग्छौं, हातखुट्टा समाउँछौं, लतार्दै, झुण्ड्याउँदै यत्र–तत्र दौडाउँछौं। एम्बुलेन्स आउन सक्ने ठाउँसम्म लग्छौं, नत्र स्वास्थ्यचौकीतर्फ दौडाउँछौं — डोको, स्ट्रेचर, डोलीमा या बुई चढाएर।
Read More